कीवर्डहरू -

प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब अनलाइनबाटै

प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब अनलाइनबाटै

अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ ।

बिहीबार सूचना तथा प्रसारण विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने जानकारी दिएको हो ।

साउन १० गते आईतबारदेखि सेवाग्राहीले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइट बाट आवेदन दिन विभागले आग्रह गरेको छ ।

अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र कामाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।

साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ती

\"\"