कीवर्डहरू -

एसईई विद्यार्थीका लागि नेक्स्टजेनले ल्यायो प्रतिभा प्रतियोगिता, उत्कृष्ट ३० लाई छात्रवृत्ति

एसईई विद्यार्थीका लागि नेक्स्टजेनले ल्यायो प्रतिभा प्रतियोगिता, उत्कृष्ट ३० लाई छात्रवृत्ति

नेक्स्टजेनले एसईई विद्यार्थीका लागि प्रतिभा प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिताबाट उत्कृष्ट ३० जना विद्यार्थीलाई प्लस टू अध्ययनका लागि काठमाडौँको एजिएम इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टमा छात्रवृत्ति प्रदान गरिनेछ ।

यो प्रतियोगिता आगामी जुलाई ३० मा बेलुका ४ देखि ७ बजे सम्म हुनेछ । एसईई पार गरेको विद्यार्थीहरुले अहिलेको महामारी, प्राकृतिक प्रकोप, महिला हिंसा, भ्रष्टाचार जस्ता विषयहरुमा प्रतिभा देखाउन सक्नेछन् ।

प्रतियोगितामा कला, मनोरञ्जन (गीत गाउने, नाच गर्ने, कमेडी, नाटक), मौखिक (कविता, भाषण, वादविवाद), खेलकुद र हाजिरीजवाफ जस्ता विधामा प्रस्तुती दिन सकिने आयोजकले जनाएको छ ।

विजेताले शतप्रतिशत छात्रवृत्तिसँगै १० हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । त्यस्तै पहिलो रनरअपले ७५ प्रतिशत छात्रवृत्तिसँगै ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै दोस्रो रनरअपले ५० प्रतिशत छात्रवृत्तिसँगै प्रमाणपत्र पाउनेछन् र शीर्ष ३० ले २५ प्रतिशत छात्रवृत्ति र प्रमाणपत्र पाउनेछन् ।

सहभागीहरुले आफ्नो प्रतिभाको सानो भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । त्यहीबाट शीर्ष ३० लाई सेलेक्ट गरिनेछ । यसमा निःशुल्क सहभागी हुन पाइनेछ ।

शीर्ष ३० सहभागीको भिडियो जुलाई ३० र ३१ मा प्रशारण गरिनेछ । कार्यक्रममा सहभागी तथा रेजिस्टर गराउन यहाँ क्लिक गर्नुहोस् । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।