कीवर्डहरू -

सामसुङ एस ९  भर्सेज हुवावे पी २० 

सामसुङ एस ९  भर्सेज हुवावे पी २० 

बिश्व चर्चित कोरियन ब्रान्ड सामसुङका स्मार्टफोनहरु बिश्व बजारमा अत्यन्तै लोकप्रिय मानिन्छन । बर्ष भरिमा सामसुङ धेरै सिरिजका फोनहरु सार्वजनिक गर्ने गर्दछ । यसै क्रममा सामसुङले २०१८ को सुरुवातमा सामसुङले आफ्नो बहुप्रतिक्षित फ्लागशिप स्मार्टफोन,ग्यालेक्सी एस ९ र एस ९ प्लस  बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस इभेन्टमा सार्वजनिक गरेको थियो ।

आफ्ना  स्मार्टफोन बिश्वबजारमा सार्वजनिक गरेको केहि दिन पछि नेपाली बजारमा पनि सामसुङले यो बर्षको फ्ल्यागशिप मोडल फोनहरु सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक गरेको थियो । सामसुङले फ्ल्याग्शिप मोडेल एस ९ मा नयाँ प्रबिधी सहितका बिल्कुलै नयाँ फिचरहरु समेत समाबेश गरेको छ ।
साथै हुवावे कम्पनि चाइनाको ठुलो स्मार्टफोन निर्माण कम्पनि हो । हुवावेले ट्याब्लेट तथा स्मार्टवाच पनि निर्माण गर्ने गर्दछ । हुवावे छोटो समयमानै बिश्व बजारमा राम्रो पकड जमाउन सफल कम्पनि हो ।

स्मार्टफोनको प्रतिस्पर्धात्मक बजारमा हुवावेका नयाँ प्रबिधि र नयाँ फिचर सहितका धेरै फोनहरु सार्वजनिक भएका छन् । हुवावेले पनि बर्ष भरि राम्रा गुणस्तरका विभिन्न सिरिजका स्मार्टफोनहरु सार्वजनिक गर्ने गर्दछ । हुवावेले बर्षकै उत्कृष्ट स्मार्टफोन पी २० मोडल बिश्वबजारमा २०१८ को मार्चमा सार्वजनिक गरेको थियो ।


सामसुङको एस ९ र हुवावे पी २० दुवै कम्पनिको यस बर्ष २०१८ को उत्कृष्ट फोनहरु हुन । दुवै फोनमा अत्याधुनिक प्रबिधि सहितका फिचरहरु समाबेश गरिएका छन् । फोनमा पावरफुल ब्याट्री,ग्लास,चिपसेट तथा प्रोसेसर लगायतका सामग्रीहरु छन् । लगभग उस्तै उस्तै मूल्य भएका यी हाइ रेन्जका फोनहरु बिश्व बजारमा चर्चित छन्  र उत्तिकै रुचाईएका पनि छन् । साथै बजारमा खरो प्रतिस्पर्धा गरिरहेका छन् । यी दुवै फोनका फिचरका बारेमा तुलनात्मक रुपमा तल चर्चा गरिएको छ ।


डिस्प्ले
हुवावेको पी २० मा डिस्प्लेको कुरा गर्दा आइपीएस एलसीडी छ, ८०.२१५ स्क्रिन रेसियो,४२९ पीपीआइ पिक्सेल डेन्सीटि तथा ५.८ इन्च स्क्रिन साइज छ ।साथै १०८०ह२२४० पिक्सेल फुल एचडी रेजोलुसन छ। भने सामसुङको एस ९ मा भने सुपर एमोलेड डिस्प्ले छ। ८४.५१ स्क्रिन रेसियो,५६८ पीपीआइ,र ५.८ इन्च स्क्रिन साइज छ भने यसको रेजोलुसन १४४०र२९६० पिक्सेल छ फ्रन्ट र ब्याकमा गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिईएको छ ।

एस ९ को रेजोलुसन हुवावे पी २० को भन्दा धेरै छ,यसकारण स्क्रिन साइज उही भएता पनि दुवैमा पिक्चर क्वालिटी भने फरक हुन्छ ।  एस ९ मोडलमा अक्टाकोर प्रोसेसर स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेट प्रयोग भएको छ ।


यसका साथै ४ जीबी र्याम प्रयोग भएको यो डिभाइमा ६४र१२८र२५६ जीबी इन्टरल स्टोरेज भेरिएन्टमा उपलब्ध छ र एसडी कार्डको सहयोगमा ४०० जीबी सम्म बढाउन समेत सकिन्छ  । साथै समसुङको यो फ्ल्याग्शिप मोडल एन्ड्रोइड अपरेटिंग सिस्टम ८.० ओरियोमा रन गर्छ ।


हुवावे पी २० मा १.८ जिएचजेड अक्टाकोर किरिन ९७० प्रोसेसरका साथै ४ जीबी र्याम छ ।यो फोनमा इन्टरनल स्टोरेज १२८ जीबी छ र २५६ जीबी सम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ । यसमा पनि अपरेटिंग सिस्टम ८.० ओरियो छ । दुवै फोनहरुले उस्तै प्रदर्शन गर्ने भएका कारण पर्फर्मेन्सको हिसाबले दुबै ब्रान्डका फोनहरु बराबर लिन सकिन्छ ।


क्यामेरा
सामसुङ को एस ९ फोनमा  क्यामेराको कुरा गर्दा यसमा डबल एपर्चर रहेको छ । रीयरमा एफर१.५(एफर२.४ एपर्चर सहितको १२ एमपिको क्यामेरा छ । यसमा डुअल पिक्सेल पीडीएएफ,ओआईएस,एलइडी फ्ल्याश आदि फिचर्स रहेका छन् । सेल्फीका लागि भने एफर१.७ एपर्चर सहितको ८ एमपी क्यामेरा राखिएको छ । यसमा रहेको डबल एपर्चरको प्रयोग गरेर यो फोनबाट प्रोफेसनल फोटोग्राफी समेत गर्न सकिन्छ  ।

यो स्मार्टफोनमा अप्टिकल इमेज स्टेबीलाईजेसन छ,जसले फेस डिटेक्सन र हाइ डायनामिक रेन्ज (ज्म्च्) सपोर्ट गर्दछ । साथै सामसुङको यो फोनमा सुपर स्पिड सेन्सर र सुपर स्लो मोसन फिचर समेत समावेस छ ।


हुवावेको भने डुअल प्राइमरी क्यामेरा छ,जसमा १२ एमपीको सेन्सर छ जसको एपर्चर एफर१.८ छ भने अर्को २० एमपीको सेन्सर छ,जसमा एफर१.६ एपर्चर छ । क्यामेरामा फेज डिटेक्सन,लेजर अटोफोकस,एलईडी फ्ल्याश आदि फिचरहरु रहेका छन् । साथै सेकेण्डरी क्यामेरा भने २४ एमपीको छ जसको एपर्चर एफर२.० छ । पी २० एआइ इमेज प्रोसेसीङ इन्जिन सहित आएको छ । यसमा कलर टेम्परेचर सेन्सर छ जसले फोटोमा व्ह्वाइट ब्यालेन्स मिलाउने काम गर्दछ ।
\"\"

मल्टिमिडिया तथा ब्याट्री
हुवावे पी २० को ब्याट्री क्षमता (लायन) ३४०० एमएएच रहेको छ र साथै फोनमा क्वीक् चार्जिङ फिचर समेत समाबेश गरिएको छ । यसका साथै सामसुङ एस ९ मा पनि ३००० एमएएचको लायन ब्याट्री छ। र यसमा पनि क्वीक चार्जीङ फिचर रहेको छ । यो दुबै फोनको ब्याट्रीमा खासै भिन्नता छैन । सामसुङले यी फोनमा डल्बी एटमस स्पिकर जडान गरेको छ। यसकारण ह्यान्डसेटले सिनेम्याटिक साउण्ड उत्पादन गर्दछ । यसमा ३.५ एमएम अडीयो ज्याक छ । हुवावे पी २० मा पनि डल्बी एटमसको अडीयो फिचर छ र युएसबि टाईप् सी अडीयो ज्याक छ ।


स्पेसल फिचर
हुवावे पी २० मा फिंगरप्रिन्ट सेन्सर फ्रन्टमा छ । यसमा लाइट सेन्सर, प्रोक्सीमिटि, एक्सेलेरोमिटर, कम्पास, जायरोस्कोप लगायतका सेन्सरहरु उपलब्ध छन् । तर सामसुङमा भने फिंगरप्रिन्ट सेन्सर रियरमा छ,र यसमा लाइट,आरजीबि डब्ल्यु,ब्यारोमिटर तथा कम्पास जस्ता सेन्सरहरु उपलब्ध छन । फोनको थप सुरक्षाको निमित्त ग्यालेक्सी एस ९ मा इन्टेलीजेन्ट स्क्यान समेत दिईएको छ । इन्टेलीजेन्ट स्क्यानमा फेस तथा आइरिस स्क्यानर समाबेश छ।

आइफोन एक्समा जस्तै सामसुङ एस ९ मा पनि एनइमोजीको फिचर रहेको छ । यो फिचरले युजरको फेस अनुसारको इमोजी तयार गर्दछ । यसमा इमोजी कार्टुनको स्किन कलर र ड्रेस युजरले आफ्नो इच्छा अनुसारको बनाउन सक्छन् । थप यो फिचरमा युजरले चस्मा,हेयर स्टायल आदि समेत परिवर्तन गर्न सक्छन् ।

मुल्य
हुवावे पि २० को मुल्य ७४, ९०० रहेको छ भने सामसुङ एस ९ को मुल्य ९२, ००० रहेको छ । यसैगरी पि २० प्रोको मुल्य नेपाली बजारमा ९९, ९०० रहेको छ भने सामसुङ एस ९ प्लसको मुल्य १ लाख ४ हजार ९ सय रहको छ ।


मुल्यको हिसाबले यि दुइ ब्राण्डका फ्लागशिप फोनमा खासै ठुलो फरक भने छैन । सामसुङलाई बजारमा टक्कर दिइरहेको हुवावेका हाइरेन्जका फोनहरु सामसुङको तुलनामा कम बिक्री भएपनि विशेषता र प्रविधिका हिसाबले कमि छैन । माथि उल्लेखित विशेषता अध्ययन गरेर छान्न सक्नुहुनेछ ।