कीवर्डहरू -

दुबईमा पर्‍यो कृतिम वर्षा, क्लाउड सिडिङ प्रविधि प्रयोग

दुबईमा पर्‍यो कृतिम वर्षा, क्लाउड सिडिङ प्रविधि प्रयोग

अति कममात्रै पानी पर्ने दुबइमा कृतिम वर्ष गराइएको छ । लामो समयसम्म पानी नपरेपछि दुबइले बेलाबेलामा कृतिम वर्षा गराउने गरेको छ । त्यस्तो पानीलाई टोरेन्सियल रेन पनि भनिन्छ

दुबईले क्लाउड सिडिङ प्रविधिको प्रयोग गरेर कृतिम वर्षा गराएको हो । क्लाउड सिडिङ प्रविधिमा बादलमा नुन हालेर पानी पर्ने अवस्था सृजना गरिन्छ । यो अति नै महंगो प्रविधि हो।

युनाईटेड अरब एमिरेट्समा प्राकृतिक रुपमा हत्तपत्त पानी पर्दैन । त्यहाँको गर्मी र  धुलो वातावरणबाट मुक्त हुन यो प्रक्रिया अपनाइएको हो ।

दुबईमा जुलाईको समय ४० डिग्रीको तापक्रम रहेको छ र यस्तोमा पानी पर्नु भनेको एकदमै अदभूत दृश्य हो । उक्त पानी परि रहेको भिडियो यूएईको मौसम विज्ञान राष्ट्रिय केन्द्रले सार्वजनिक गरेको हो । यूएईले बादलहरुमा उड्ने ड्रोनको पनि जाँच गरिरहेको छ ।

यी ड्रोनले बादलको बिचमा उडेर एयर मोलिक्युलमा विद्युतिय चार्ज हाल्छ जसले गर्दा पानी पर्ने गर्दछ । त्यहाँको सरकारले पानी पर्नका निम्ति धेरै लगानी गरेर विभिन्न प्रविधि विकास गरिरहेको छ ।