टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरिएको थियो । सर्वप्रथम विभिन्न राष्ट्रहरुको भिडियो गेमको ध्वनिमा परेड गराइएको थियो । त्यसपछि ओलम्पिक पिक्टोग्राम भनेर विभिन्न प्रस्तुतीहरु दिइएका थियो । अन्तयमा १,८२४ ड्रोनहरु मिलेर प्रदशर्नी दिएका थिए ।
सुरुमा ड्रोनहरु मिलेर २०२० गेमको सङ्केत बनाएका थिए र पछि पृथ्वीको आकार बनाएका थिए । यसमा प्रविधिको सदुपयोगले एकदमै राम्रो प्रदशर्नी गराइएता पनि यो भन्दा पहिले पनि यस्तो प्रविधिको प्रयोग धेरै चोटि भईसकेको छ । केही समय अगाडि जेनेसीसले आकाशमा सबैभन्दा धेरै ड्रोन उडाएर विश्व रेकर्ड कायम गरेको थियो ।
हुन्डाई अन्र्तगत रहेको कम्पनी जेनेसीसले गिनीज वल्र्ड रेकर्डको किर्तिमान कायम गर्न ३ हजार २८१ ड्रोन आकाशमा उडाएको थियो । यी ड्रोनहरुले उडेर जेनेसीसको लोगो बनाएका थिए । यो भन्दा पहिले सन् २०२० को सेप्टेम्बरमा रुसले २ हजार २०० ड्रोन उडाएर किर्तिमान कायम गरेको थियो । इन्टेलले पनि यस अघि २ हजार ६६ ड्रोन उडाएको थियो । ड्रोन प्रयोग गरेर कुनै आकार देखाउन कोरियोग्राफी सफ्टवेयरको प्रयोग गरिन्छ ।