स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने भएको छ । त्यहाँ जीवनको कुनै सम्भावना छ की भनेर नासाले यूरोपा क्लीपर मिसन ल्याएको हो ।
एजेन्सीले बृहस्पति ग्रहको चन्द्रमा जोभियान चन्द्रमामा यूरोपा क्लीपरलाई सन् २०१९ देखिनै पठाउन खोजिरहेको थियो र यो अहिले स्पेसएक्सले गर्दा सम्भव हुने भएको छ । यो प्रोजेक्ट सन् २०२४ को अक्टोबरमा लञ्च गरिने योजना बनाइएको छ । स्पेसएक्स र नासाको यो सम्झौताले गर्दा नासाले करिब १७८ मिलियन डलर तिर्नु पर्ने हुन्छ ।
यो मिसन केनेडी स्पेस सेन्टरको लञ्च कम्प्लेक्स ३९ ए बाट लञ्च हुनेछ । नासालाई यो मिसन पुरा गर्न थप १ बिलियन लाग्ने एजेन्सीले बताएको छ । सन् २०२४ मा यूरोपा क्लीपर लञ्च भयो भने त्यो बृहस्पति ग्रहको चन्द्रमामा सन् २०३० मा पुग्नेछ ।