नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख बढी रूपैयाँ पुरस्कार जितेको छ ।
पब्जी वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ६५ हजार ५०० सय अमेरिकी डलर (अर्थात आजको विनिमय दर अनुसार ७७ लाख बढी रूपैयाँ) हात पारेका हुन् ।
गत जुलाई २२ देखि २५ सम्म पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ प्रतियोगिता आयोजना भएको थियो । पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनलमा सहभागी भएका १६ टिममध्ये १४४ टोटल पोइन्ट बनाउँदै डिआरएस गेमिङले ८ औं स्थान बनाएको थियो ।
डिआरएसले यस प्रतियोगिताबाट जितेको रकम दान दिने जनाएको छ । पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितमा पहिलो स्थान भाल्डस इस्पोर्ट्सले पहिलो स्थानमा बनाएको थियो । पब्जीको यो प्रतियोगिताको पुरस्कार राशी ३ मिलियन अमेरिकी डलर रहेको थियो ।