कीवर्डहरू -

ओपोद्वारा यूके प्रवेशको घोषणा 

ओपोद्वारा यूके प्रवेशको घोषणा 

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकै स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओ दुबैमा गरी ओपोले ४० नयाँ स्मार्टफोनका मोडल्स दर्ता गरेको बताइएको छ । यी स्मार्टफोन मोडल्स ओपो ए, ओपो एएक्स, ओपो एफएक्स, ओपो आर, ओपो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन लाइन्स अन्तर्गतका हुन् । 

ओपोले दर्ता गराएका अधिकांश नामहरु हाल सम्म प्रयोग नगरिएका तथा भविष्यमा सार्वजनिक गरिने सम्भावना सहितका उपकरणहरु रहेको अनुमान गरिएको छ । ओपोले समग्र महादेश र यूकेमा आफ्नो ब्राण्डिङ रणनीतिको निरन्तर्तालाई सोचमा राखि फ्यूचर जेनेरेशन्समा आधारित उपकरणहरु दर्ता गरेको देखिन्छ । यूकेमा आफ्नो ट्रेडमार्क दर्ता गरे देखिनै त्यहाँ आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने योजनाका बारेमा कम्पनीले घोषणा गरेको थियो । फोन कहिले देखि सार्वजनिक हुने भन्ने निश्चित मितिको घोषणा भने अझै हुन बाँकी छ ।