इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछि ह्याकहरुले २० लाख ग्राहकको निजी डेटा विक्रिका लागि राखेका छन् ।
साइबरक्राइम रिपोर्ट फर्म हड्सन रकका अनुसार बिआरआई लाईफ इन्स्योरेन्सका २० लाख ग्राहकको विभिन्न कम्प्यूटरहरु ह्याक भएको छ ।
बिआरलाईफका प्रमुख कार्यकरी अधिकृतले यस विषयमा अनुसन्धान भईरहेको बताएका छन् । एक जना नाम नभएको प्रयोगकर्ताले ७ हजार डलरमा २० लाख बिआरलाईफ ग्राहकको ४ लाख ६० हजार कागजात सार्वजनिक गरिदिने भनेको थियो ।
त्यो पोस्टमाा ३० मिनेट लामो कागजातहरुको भिडियो पनि रहेको थियो । भिडियोमा बैंक अकाउन्टको विवरण र इन्डोनेसियाको परिचय पत्र र कर भुक्तानी विवरणहरु रहेको थियो । डेटा सार्वजनिक भएमा यसले धेरै ग्राहकलाई असर पार्ने देखिएके छ ।