फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् । नेपालमा पनि धेरैले फेसबुक प्रयोग गर्ने गर्छन् ।
के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ र कहिलेकाँही पोष्टमा नचाहिदो कमेन्टआएको छ ? यदी त्यसो हो भने तपाईले त्यस्ता नचाहिदा कमेन्टलाई रोक्न सक्नुहुन्छ । आज हामी तपाईलाई फेसबुक पोष्टमा अनावश्यक र नचाहिँदो कमेन्ट रोक्ने बारे जानकारी दिदैछौं ।
यस्तो छ तरिका
१. सर्वप्रथम फेसबुक एप वा वेबसाईट खोल्नुपर्छ र प्रोफाइल पेजमा जानुपर्छ ।
२. त्यसपछि कुन पोस्टको कमेन्ट बन्द गर्ने हो त्यो पोस्टमा जाने र माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्नुपर्छ ।
३. यस पश्चात तपाईको पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर छान्नुपर्ने हुन्छ ।
४. त्यहाँ पब्लिक, फ्रेण्ड्स र पिपल एण्ड पेजेज भन्ने अप्सन आउँछन् त्यसबाट आफ्नो फेसबुक साथीले मात्रै कमेन्ट गर्ने भए फ्रेण्ड्स छान्नुपर्छ । सबैले गर्न मिल्ने राख्ने भए पब्लिक क्लिक गर्नुपर्छ र त्यो पोस्टमा मेनसन वा ट्याग गरेको मान्छेले मात्रै कमेन्ट गर्न मिल्ने बनाउन पिपल एण्ड पेजेज भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।