कीवर्डहरू -

विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’

विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’

युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धेरै हो । योसँगै गूगलको युट्युब विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने मोबाइल एप बन्न सफल भएको हो ।

गूगल प्लेस्टोरबाट युट्युब १० अर्ब बढी डाउनलोड भएको छ । अहिले विश्वको जनसंख्या ७ अर्ब ६७ करोड भन्दा धेरै रहेको छ । युट्युबको डाउनलोड गर्नेको संख्या विश्वको जनसंख्या भन्दा २ अर्ब ३३ करोड बढी छ ।

हाल युट्युबपछि सबैभन्दा बढी डाउनलोड हुने एप फेसबुक छ । जो ७ अर्ब डाउनलोड भएको छ । त्यस्तै धेरै डाउनलोड हुने एपमा ६ अर्ब डाउनलोड भएको ह्वाट्सएप तेस्रो, ५ अर्ब डाउनलोडसहित म्यासेन्जर चौथौं र इन्स्टाग्राम पाँचौं नम्बरमा छन् ।