भर्चुअल रूपमा रिभ्याम्प नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । आगामी साउन २९ र ३० गते आयोजना हुने भर्चुअल स्टार्टअप फेयर रिभ्याम्प नेपालमा सय बढी स्टार्टअप सहभागी हुनेछन् ।
कोरोना महामारीका कारण स्टार्टअप तथा साना व्यवसायलाई असर परेको छ । यस्तो अवस्थामा स्टार्टअप तथा साना व्यवसायलाई सहयोग गर्न रिभ्याम्प नेपाल आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
यस भर्चुअल स्टार्टअप फेयरको बारेमा थप जानकारी लिन र यसमा सहभागी हुन चाहने स्टार्टअपले यहाँ क्लिक गरी निःशुल्क आवेदन दिन सक्नेछन् ।
यसअघिको रिभ्याम्प नेपाल पहिलो संस्करण भौतिक रूपमै आयोजना भएको थियो । हाल कोरोना महामारीलाई मध्यनजर गर्दै रिभ्याम्प नेपालको दोस्रो संस्करण अनलाइनबाटै आयोजना हुन लागेको हो ।