अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बिहीबार ठूलो दुर्घटना हुनबाट बचेको छ । आईएसएस ४५ मिनेट नासाको नियन्त्रण बाहिर गएको थियो ।
आफ्नो कक्ष (अर्बिट) जुन ठाउँमा हुनुपर्ने हो त्यस ठाउँबाट आईएसएस ४५ मिनेट हटेको थियो । तर पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसले आफ्नै स्थानमा फिर्ता लगेको थियो ।
स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट ४५ डिग्री बाहिर हटेको थियो । रुसी मोड्यूलको गडबडीका कारण उक्त समस्या आएको बताइएको छ ।
नासाका अनुसार रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि उक्त घटना भएको हो । नाउको जेट थर्स्ट आफै सञ्चालन भएको थियो । नाउको थर्स्टमा कस्तो समस्या देखिएको बारे विस्तृतमा जानकारी भने आएको छैन् । आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् ।
आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् । स्टेसनमा अहिले दुई रुसी, तीन अमेरिकी, एक जापानी र एक फ्रेन्च अन्तरिक्ष यात्री रहेका छन् ।