क्युआर कोडले हाम्रो दैनिक जीवनका कामलाई सहज बनाउँदै लगेको छ । यसबाट हामीले सजिलै डिजिटल भुक्तानी गरिरहेका छौं ।
यसले भुक्तानीमात्र होइन, अन्य काम पनि छिटो र सहज बनाएको छ । जस्तो कि तपाईंले कुनै पनि ठाउँमा वाईफाई कनेक्ट गर्नुपर्यो भने क्युआर कोडको प्रयोग गर्न सक्नुहुन्छ ।
पहिला जस्तो वाईफाईको पासवर्ड एकएक गरेर टाइप गरिरहनुपर्दैन । क्युआर कोडको माध्यमबाट सजिलो तरिकाले वाईफाई जोड्न सकिन्छ ।
क्युआर कोडबाट क्यान गरेर वाईफाई जोड्न निम्न विधि अपनाउनु पर्छ ।
– सबैभन्दा पहिला वाईफाई जोडिएको मोबाइलको वाईफाईमा ट्याप गर्ने (थिच्ने) । त्यहाँ मोबाइलमा प्रयोग भइरहेको वाईफाईको नाम देखाउँछ । त्योसँगै यसको सेटिङ अप्सन हुन्छ।
– सेटिङ अप्सनमा क्लिक अर्थात ट्याप गर्ने ।
– अब मोबाइलको तल्लो भागमा क्युआर कोडको अप्सन देखिन्छ ।
– त्यहाँ ट्याप गरेपछि क्युआर कोड आउँछ ।
– नयाँ भर्सनका मोबाइलमा भने यसरी सेटिङ भित्र गइरहनु पर्दैन । वाईफाईको नामको तल नै ‘ट्याप टु सेयर पासवर्ड’ भन्ने लेखेको हुन्छ । त्यसलाई ट्याप गरेपछि सिधै क्युआरकोड देखाउँछ ।
...
– अब जुन मोबाइलमा वाईफाई जोड्ने हो त्यसको वाईफाईमा थिच्ने ।
– वाईफाईभित्र माथिल्लो भागमा क्युआर कोड स्क्यान गर्ने अप्सन रहेको हुन्छ । त्यसमा क्लिक गरेपछि क्युआर कोड स्क्यान गर्ने अप्सन आउँछ ।
– अब अघि वाईफाई जोडिएको मोबाइलमा आएको क्युआरकोडमा यसलाई स्क्यान गर्ने ।
– अब तपार्ईंको मोबाइलमा वाईफाई जोडियो ।