कीवर्डहरू -

लोफाको खुल्ला निबन्ध प्रतियोगिता शुरू, विजेतालाई ८ लाख बराबरको पुरस्कार

लोफाको खुल्ला निबन्ध प्रतियोगिता शुरू, विजेतालाई ८ लाख बराबरको पुरस्कार

लिट्रेसी अफ फाइनान्स फर अल (लोफा) ले खुल्ला निबन्ध प्रतियोगिता शुरू गरेको छ । अहिलेको यो विषम परिस्थितिमा युवाहरुलाई देशको अर्थ, व्यवसाय तथा वित्तीय क्षत्रको बारेमा आफ्ना धारणा व्यक्त गर्न दिने उदेश्यले नविन्ध प्रतियोगिता सञ्चालन गरेको हो ।

निबन्ध व्यवसाय, अर्थशास्त्र र वित्तीय संस्था नेपालमा तथा उद्यम र कोभिड १९ विषयसँग सम्बन्धित रहेर निवन्ध लेख्नुपर्नेछ । तर निबन्धको शीर्षक आफै राख्न सकिने निबन्ध बुझाउने समयमा विषय खुलाएर पठाउनु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन् निबन्धको अधितकम शब्द संख्या ९०० हुनुपर्नेछ । भने माइक्रोसफ्ट वर्ड वा पिडीएफ फाइलमा निवन्ध पठाउनुपर्नेछ । निवन्धको फन्ट साइज १२ तोकिएको छ ।

निवन्धमा लेखिएको भाषा प्रष्ट र मिलेको हुनु पर्ने तथा निवन्ध प्रतियोगी स्वयम् आफैले लेखेको हुनु पर्नेछ । यदी कतैबाट सारेको थाहा पाइएमा त्यस्तो निबन्धलाई बदर गरिने आयोजकले जानकारी दिएको छ ।

निवन्ध लेखनमा यदि कसैबाट सहयोग लिइएको, कुनै स्रोतबाट साभार गरिएको, विषय वस्तु सम्मिलित गरिएको भए त्यस बारेमा उल्लेख गर्नु पर्नेछ।

प्रतियोगितामा २०७७ सालको एसइइ परीक्षामा सम्मिलित विद्यार्थीहरू, १५-२२ वर्षका युवाहरु सहभागी हुन सक्नेछन् । आगामी अगस्ट १० सम्म [email protected] मा निवन्ध पठाउन सकिने छ । यस कार्यक्रममा सहभागी हुन रजिष्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगिताको नतिजा ७० प्रतिशत निर्णायक मण्डलको निर्णय, २० प्रतिशत वेबसाइटको कमेन्ट तथा १० प्रतिशत फेसबुकको लाइक र कमेन्ट आधारमा तयार गरिनेछ ।

प्रतियोगितमा सहभागी एसईईका विद्यार्थीहरुलाई २५ प्रतिशतदेखि १०० प्रतिशत छात्रवृत्ति, ३ हजारसम्म नगद र अन्य उपहारहरुको व्यवस्था गरिएको छ ।

त्यस्तै अन्य सहभागी मध्येबाट प्रथमलाई ५ हजार रूपैयाँ, दोस्रोलाई ४ हजार रूपैयाँ, तेस्रोलाई ३ हजार रूपैयाँ, चौथौंलाई २ हजार रूपैयाँ पुरस्कार दिइनेछ । भने उपहारहरुको समेत व्यवस्था गरिएको छ ।

यस प्रतियोगिता सञ्चालन गर्न लोफालाई कबाडी डटकम, शेयरिङ अपर्चुनिटी, मेरो शिक्षा लगायतका अन्य संस्थाले सहयोग गरेका छन् ।