कीवर्डहरू -

एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा

एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा

एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ  । सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै बिशेष सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको हो ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो शेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएस मार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्नेछ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकले जनाएको छ ।