कीवर्डहरू -

एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने

एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने

एप्पलको डिजिटल विद्यार्थी आईडी क्यानडा र अमेरिकाको केही विद्यालयका लागि उपलब्ध हुने भएको छ । अब विस्तारै विद्यालयहरु खुल्ने तयारी गर्दै गरेकाले एप्पलले आईडी पनि सम्पर्क विहिन बनाउन काम गरिरहेको हो ।

यो सफ्टवेयर सर्वप्रथम सन् २०१८ मा रोल आउट भएको थियो र त्यसैलाई परिमार्जन गर्दै अब यो सफ्टवेयर क्यानडामा पनि उपलब्ध गराइने भएको हो ।

सन् २०२१ मा न्यू ब्रन्सविक विश्वविद्यालय र टोरोन्टोको सेरिडान कलेजले विद्यार्थीहरुलाई आफ्नो आईडी कार्ड एप्पल वालेटमा जोड्न दिनेछन् । आईफोन र एप्पल वाच प्रयोग गरेर क्याम्पसमा खानेकुराको पैसा तिर्ने तथा अरु सुविधा लिने जस्तो कार्य गर्न सकिने छ ।

अमेरिकामा अर्बन विश्वविद्यालय, नर्दन एरिजोना विश्वविद्यालय, मेन विश्वविद्यालय र मेक्सिको स्टेट विश्वविद्यालयले यो सफ्टवेयर प्रयोग गर्नेछन् । अप्रिलदेखि विद्यार्थीहरुले एप्पल वालेटको प्रयोग अझै धेरै गर्न थालेको पनि कम्पनीले जनाएको छ ।