कीवर्डहरू -

आइसिटी अवार्डमा छानिएका उत्कृष्ट ५ स्टार्टअप कम्पनी 

आइसिटी अवार्डमा छानिएका उत्कृष्ट ५ स्टार्टअप कम्पनी 

तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितिले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।

सेल एप प्रालि
स्स्टार्टअप कम्पनी अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल कम्पनी हो, सेल एप प्रालि । स्थापनाको छोटो अवधिमै समाजका लागि निकै उपयोगी प्रोजेक्टहरु ल्याउन सेल एप सफल भएको छ \"\" । यो स्टार्टअपले मुख्यतः  सूचना प्रविधि, इन्नोभेसन्स र डाटाको भरपुर सहयोग लिई समाजउपयोगी प्रोजेक्टहरु ल्याइरहेको छ । सेल एपले ल्याएका ७ आइडियाहरु अहिले बिजनेशको रुपमा अघि बढ्दै छन् ।

‘स्मार्टपालिका’ उसको चर्चित प्रडक्ट हो, जसले गाउँपालिका र नगरपालिकालाई स्मार्ट बनाउने काम गरिरहेको छ । स्मार्टपालिकासँगै ‘शुभयात्रा’, ‘पाहुना’, ‘नेपाल फुड रिलिफ’, ‘इर्मा ट्रयाकर’, ‘इठमेल’ ‘इएम ब्लड नेपाल’ जस्ता प्रडक्ट सेल एपमार्फत आइसकेका छन् । नयाँ नयाँ सोच र अवधारणालाई बिजनेशमा उतार्न यो कम्पनीले अध्ययन र अनुसन्धान गरिरहेको  छ । सूचना प्रविधिको प्रयोगमार्फत् मानिसको जीवनशैलीमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता कम्पनीको छ । काठमाडौंको लैनचौरमा कार्यालय रहेको यो कम्पनीले २१ जनालाई रोजगारी दिएको छ ।

एकघन्टी सर्भिसेस
भिम्बक्स ल्याबले ल्याएको एकघन्टी सर्भिसेस नेपालकै पहिलो र एक मात्र टोल फ्रि मिसकल नम्बर सर्भिस प्लाटफर्म हो । सन् २०१५ मा सुरु भएको एकघण्टी सर्भिसेसले सन् २०१७ को अन्त्यमा नेपाल सरकारबाट प्रतिलिपि प्रमाणपत्र पाएको छ । हालसम्म एक घण्टी सेवाले २० भन्दा बढी व्यवसाय वा बिजनेशको प्रवद्र्धन गरिसकेको छ । जसअन्तर्गत ति व्यवसायका १ लाख ५० हजारभन्दा बढी युनिक युजर बनिसकेका छन् । साथै यो सेवाको पहुँच हालसम्म २ लाख ५० हजार जनासँग पुगेको कम्पनीको दाबी छ । \"\"
यसरी ग्राहकले आफ्नो सेवादाताको नम्बरमा मिसकल गर्दा सेवादाताले ग्राहकलाई फोन फर्काउँछ र गुनासा वा समस्या समाधान गर्ने प्रयास गर्छ । दूरसञ्चार क्षेत्रमा यो नौलो प्रयोग हुन सक्छ । नयाँ दूरसञ्चार सेवा विकास कम्पनीको रुपमा एकघण्टी सर्मिसेसले व्यवसायीलाई उच्च गुणस्तरको भ्यालु एडेड सर्भिस र इन्टरप्राइज सोलुसन्स दिइरहेको छ । यसका लागि कम्पनीले Bulkman, Ektrigger, Survey Pigeon लगायतका प्रडक्टको विकास गरेको छ । बालकुमारीमा रहेको यो कम्पनीले १० जनालाई रोजगारी दिएको छ ।

नेपाली पैसा मिडिया प्रालि
स्टार्टअप अवार्डको अर्को शीर्ष ५ प्रतिष्पर्धी हो, नेपाली पैसा मिडिया प्रालि । यसले फरक शैलीमा अनलाइन (धधध।लभउबष्उिबष्कब।अयm)बाट वित्तीय समाचार र जानकारी पस्किदै आएको छ । यसको मोबाइल एप पनि छ, जसबाट प्रयोगकर्ताले सजिलै नेपालको सेयर बजारसम्बन्धी समाचार, सेयर बजारको तथ्यांक, टुल, इन्डिकेटर, रिपोर्ट र अन्य जानकारी लिन सक्छन् । \"\"

साथै हरेक हप्ताको नेप्से रिपोर्ट, प्राविधिक विश्लेषण, वित्तीय विश्लेषण यसमार्फत गरिन्छ । नेपाली पैसाको एन्ड्रोइड एप हालसम्म ६१ हजार पाँच सयपटक डाउनलोड भएको छ । नेपाली पैसाको प्रयोगमार्फत स्टेकहोल्डरहरुले स्टकमार्केटको जानकारी लिनुका साथै लगानीसम्बन्धी निर्णय लिन सक्छन् । सही समयमा विश्वसनीय सूचना सम्प्रेषण गर्ने दाबी उसको छ । यसले नेप्से, सेयरमार्केटसम्बन्धी विभिन्न तालिम समेत दिने गरेको छ । पानीपोखरी काठमाडौंमा कार्यालय रहेको यो कम्पनीले ९ जनालाई रोजगारी दिएको छ ।

पिपल डेभलपमेन्ट ल्याब प्रालि
शीर्ष ५ मा अटाएको पिपल डेभलपमेन्ट ल्याब प्रालि एक टेक्नोलोजी कम्पनी हो । यसले प्रविधिको प्लाटफर्मबाट  मानिसहरुलाई करिअर गाइड गर्ने, कोचिङ प्रदान गर्ने,  र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्यांकन र परिभाषित गर्दछ । यसका लागि पिडिएलले विभिन्न डाटाको भरपुर प्रयोग गर्दछ भने मानिसको मनोविज्ञानलाई उत्तिकै महङ्खव दिन्छ । हरेक मानिसको मनोविज्ञान फरकफरक हुने भएकाले सबैलाई एकै प्रकारको करियर गाइडेन्स उपयुक्त हुँदैन । \"\"

पडिएलले यही कुरालाई नयाँ सोच बनायो र अनलाइनमार्फत् मानिसहरुकोको रुचि, क्षमताअनुसार करियर गाइड गर्ने काम थाल्यो  । यसका लागि मनोवैज्ञानिक, डाटा इन्जिनियर, एचआर विशेषज्ञ, डेभलपरसहितको टिम बनाइयो । नभन्दै हालसम्म यो टिमले १५ देखि ५० वर्षसम्मका विद्यार्थी र विभिन्न क्षेत्रमा काम गरिरहेका प्रोफेसनल गरी ३ सय जनालाई सेवा प्रदान गरिसकेको छ । कम्पनीको वेबसाइट धधध।उम।िअयm।लउ मा गई यसको सेवा लिन सकिन्छ । मानिसहरुको रुचि, क्षमताअनुसार करिअर गाइड गर्ने, मोटिभेसन दिने र उपयुक्त निर्णय गर्न सक्ने बनाउन पिडिएले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

पिडिएलको टेस्टबाट कुन करियर रोज्ने, आफ्ना रुचि र क्षमता के के छन् आदि कुराको मूल्यांकन आफैले गर्न सकिन्छ । यसका लागि पिडिएलको करियर प्रोफाइलर नामको प्रडक्ट छ, जसमार्फत प्रयोगकर्ताले आफूलाई जाँच्न र उपयुक्त निर्णय लिन सक्छन् । अर्कोतर्फ यसको इमपावर नामक अर्को साइकोमेट्रिक इन्स्ट्रुमेन्ट छ, जुन मुख्यतः युवा विद्यार्थीहरु लक्षित छ । झम्सिखेल ललितपुरमा कार्यालय रहेको पिडिएलमा ८ जना जनशक्ति कार्यरत छन् ।

सारथी प्रालि
उपत्यकामा सार्वजनिक बसहरु सँगसँगै ट्याक्सी चढ्नेहरुको संख्या पनि कम छैन । तर ट्याक्सी चढ्नेहरु ठगिने धेरै सम्भावना छ । ट्याक्सी चालकहरु मिटरमा जान मान्दैनन् र ग्राहकहरु धेरै पैसा \"\" तिर्न पनि मान्दैनन् । त्यसैले ग्राहक र चालकबिच बारगेनिङ चल्ने गर्दछ । तर, उपत्यका र उपत्यकाबाहिर पनि सहज ढंगले उपभोक्ताले ट्याक्सी चढ्ने व्यवस्था सुरु भएको छ । यसमा साथ दिएको छ– ‘सारथी’ले । सोही सारथीको विकास गर्ने कम्पनी सारथी प्रालि अहिले स्टार्टअप अवार्डका लागि शीर्ष ५ मा छानिएको छ । सन् २०१६ मा स्थापना भएको यो कम्पनीले २०१७ देखि काठमाडौं उपत्यकाभित्र ट्याक्सी सेवा प्रदान गर्दै आएको छ । सारथीले आवत जावतको सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ ।
सारथीको अर्को विशेषता एक फोनको भरमा ट्याक्सी आफ्नो घरमै आउनु पनि हो । सारथीमा फोन गएपछि घरको लोकेशन खोज्दै ट्याक्सी तपाईंको घरसम्म आउछ । साथै अनिवार्य रुपमा मिटरमा गुड्ने सारथी ग्राहक ट्याक्सी चढेपछि मात्र मिटर खोलिन्छ । आगामी दिनमा सारथीले काठमाडौँ बाहिरका शहरहरुमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । जावलाखेलमा कार्यालय रहेको सारथी प्रालिले १५ जनालाई रोजगारी दिएको छ ।