कीवर्डहरू -

ह्वाट्सएपका प्रमुख भन्छनः एप्पलको बाल उत्पीडन रोक्ने अपडेट ‘निगरानी प्रणाली’ हो

ह्वाट्सएपका प्रमुख भन्छनः एप्पलको बाल उत्पीडन रोक्ने अपडेट ‘निगरानी प्रणाली’ हो

ह्वाट्सएपका प्रमुखले बाल उत्पीडन रोक्न एप्पलले ल्याउन लागेको अपडेट ‘निगरानी प्रणाली’ भएको दाबी गरेका छन् । ह्वाट्सएपका प्रमुख विल क्याथकार्टका अनुसार यो प्रणालीले सजिलै प्रयोगकर्ताहरुको निजी कन्टेन्ट स्क्यान गर्न सक्ने र आफूलाई चाहिए अनुसार प्रयोग गर्न सक्ने बताएका छन् ।

यो प्रणालीलाई स्पाईवेयर कम्पनीहरुले दुरुपयोग गर्न सक्ने पनि उनले विचार राखेका थिए । त्यो ट्वीटको रिप्लाईमा एप्पलका वक्ताले प्रयोगकर्ताहरुले आईक्लाउडको फिचरलाई बन्द पनि गर्न सक्ने बताएका गरेका थिए । यो प्रणालीले डेटाबेस प्रयोग गरेर संवेदनशील ईमेज थाहापाउने हुँदा यो सबै क्षेत्रका लागि काम नलागने पनि क्याथकार्टले बताएका छन् ।

यसअघि एप्पलले फेसबुकलाई सुरक्षाको मामिलामा धेरै आरोप लगाइसकेको छ । एप्पलले मेसेज, फोटोज र सिरीमा विभिन्न बालबालिका सुरक्षा फिचरहरु ल्याउँदै छ । मेसेजेज एपमा यौन तस्वीरहरु पठाएको वा कन्टेन्ट पाएमा दुवै बालबालिका र अभिभावकलाई नोटिफिकेसन जाने गर्दछ ।

यो फिचरमा कसैले बालबालिकालाई अनैतिक तस्बीर पठाएमा एपले आफै ती फोटोलाई ब्लर गरिदिएर विभिन्न सावधानीको नोटिफिकेसन पनि पठाउने छ । त्यस्तो संवेदनशील ईमेजलाई बालबालिकाले खोलेर हेरेमा अभिभावकलाई नोटिफिकेसन पनि जानेछ ।