कीवर्डहरू -

गायक प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

गायक प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । सपुतको तीज गीत कुरा बुझ्न पर्च सार्वजनिक भएइको २४ घण्टाभन्दा अगाडि नै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो ।

युट्युबको अहिले उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । सपुतको तीज गीतलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतको भिडियो निर्देशन पनि गायक सपुतले गरेका हुन् ।

भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय रहेको छ ।