कीवर्डहरू -

ग्यापुको टिकटक प्रतियोगिता शुरू, भिडियो बनाएर १ लाखसम्म जित्न सकिने

ग्यापुको टिकटक प्रतियोगिता शुरू, भिडियो बनाएर १ लाखसम्म जित्न सकिने

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ ।

ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छाअनुसार जुनसुकै किसिमको भिडियो बनाएर सहभागी हुन सकिनेछ । सहभागी हुनको लागि एउटा दर्ता फारम भर्नु पर्ने हुन्छ जसको कुनै शुल्क लाग्ने छैन ।

यसको लागि सहभागीले ग्यापुको वेबसाइट www.gyapu.com मा गएर टिकटक हिरोजको ब्यानरमा क्लिक गरि रजिस्टर भन्ने अप्सनमा गएर आफ्नो सहभागिताको लागि फारम भर्नुपर्ने हुन्छ ।

अथवा सहभागीले ग्यापुको मोबाइल एप मार्फत पनि सहभागिताको फारम भर्न सक्छन् । साउन ३१ गतेसम्म सहभागीले आफ्नो नाम प्रतियोगिताको लागि दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा पहिलो हुने सहभागीले एक लाख रुपैयाँको नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभिन्न गिफ्ट ह्याम्परहरु पाउनेछन् ।