कीवर्डहरू -

काठमाडौंको बनस्थली बसुन्धरासम्म टेलिकमको इन्टरनेट केही दिन अवरुद्ध हुने

काठमाडौंको बनस्थली बसुन्धरासम्म टेलिकमको इन्टरनेट केही दिन अवरुद्ध हुने

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले काठमाडौंका केही ठाउँमा केही दिन सेवा अवरूद्ध हुने जानकारी दिएको छ ।

निर्देशनालयले एक सूचना जारी गर्दै नेपाल टेलिकमका क्याबिनेट, पोल तथा केबलहरु सडकबाट हटाइने र कपर नेटवर्कलाई एफटीटीएचमा माइग्रेसन गर्नुपर्ने भएकाले काठमाडौंका केही ठाउँमा सेवा उवरूद्ध हुने जानकारी दिएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल टेलिकम दूरसञ्चार कार्यालय गोङ्गबुअन्तर्गत पर्ने बनस्थलीदेखि बसुन्धरासम्म (करिब ५ किलोमिटर) चक्रपथको दायाँ बायाँ रहेका नेपाल टेलिकमका क्याबिनेट, पोल तथा केबलहरु सडकबाट हटाइने भएकाले उक्त एरियाका कपर नेटवर्कलाई एफटीटीएचमा माइग्रेसन गर्नुपर्ने भएकाले केही दिन सेवा अवरुद्ध हुनसक्ने भएको हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी छ ।’