कीवर्डहरू -

राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड, ५ लाखसम्मको क्रेडिट लिमिट

राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड, ५ लाखसम्मको क्रेडिट लिमिट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मंगलबार क्रेडिट कार्ड सेवा शुरु गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङ्ग तर्फ बैंक अगाडि बढिरहेको बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताउँदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना दिए ।

समारोहमा उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।

डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी र अनलाइन सपिङ तोकिएको सिमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको छ ।