कीवर्डहरू -

वुधवार \'ओपो एफनाइन\' सार्वजनिक हुदै

वुधवार \'ओपो एफनाइन\' सार्वजनिक हुदै


ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफनाइन नेपाली बजारमा सार्वजनिक हुने मिति घोषणा गरेको छ । काठमाडौंमा ओपो एफानाइन भाद्र १३ गते बृहत समारोह विच सार्वजनिक गरिने कम्पनीले जानकारी दिएकोे हो ।

नयाँ सेल्फी एक्स्पर्ट एफनाइन सार्वजनिकका लागि आयोजना हुने बृहत्त समारोहमा आईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगी वुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायत अन्य लोकप्रिय कलाकारको समेत उपस्थिती रहने बताइएको छ । समारोहमा उपस्थितीका लागि यूवा ढुकढुकी सबिता कार्की र कविता नेपालीले भने आफ्नो सामाजिक सञ्जाल पेज मार्फत घोषणा समेत गरिसकेका छन् ।

पछिल्ला सार्वजनिक समारोहमा झैँ यस पटकपनि ओपोले आफ्ना फ्यान मध्य भाग्यशाली एकजनालाई समारोहमा उपस्थितीका लागि विशेष पासको ब्यवस्था गरेको छ । पासका लागि कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’को आयोजना गरेको थियो ।

अगस्ट ११ देखि २२ सम्म आयोजित उक्त प्रतियोगिता मार्फत एक जना विजेताको छनोट गरी कम्पनीले २ जनाका लागि पास उपलब्ध गराउने जानकारी दिएको छ । विजेताले कार्यक्रममा उपस्थित भइ एफनाइन सार्वजनिक समारोहको प्रत्यक्ष हेर्ने अवसरका साथै  आकर्षक गिफ्टह्याम्परपनि प्राप्त गर्नेछन् । 

सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफनाइन वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिने कम्पनीको भनाइ छ ।


ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ ः ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ ।

नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।