एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैलाउन पैसा दिएको फेबुकले पत्ता लगाएको छ ।
फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलाउने अभियानमा लागेका २४३ इन्स्टाग्राम अकाउन्ट र ६५ ओटा फेसबुक अकाउन्टहरुलाई पनि हटाएको छ । यो नेटवर्क रुसबाट सुरु भएको पाइएको छ तर यो बेलायतमा दर्ता गरिएको कम्पनी फाज्जबाट सुरु भएको फेसबुकले जनाएको छ ।
यी अकाउन्टहरुले विशेषगरी भारत र ल्याटिन अमेरिकालाई लक्षित गरेका छन् भने केही हदसम्म अमेरिकालाई पनि लक्षित गरेको पाइएको छ । यस अभियानलाई दुई भागमा सञ्चालन गरिएको थियो ।
पहिले सन् २०२० को नोभेम्बर र डिसेम्बरमा यो नेटवर्कले एस्ट्राजेनेको कोभिड खोप लगाएपछि मान्छे बाँदर बन्ने भनेर मिम सेयर गरेका थिए ।
पाँच महिना पछि मे २०२१ म नेटवर्कले पिफाइजर कतिको सुरक्षित छ भनेर प्रश्न उठाएका थिए र पिफाइजरले एस्ट्राजेनेको डकुमेन्ट ह्याक र लिक गरिदिएको भनेर पनि दोष लगाएका थिए ।
यी पोस्टहरुभन्दा पनि इन्फ्ल्युएन्सरहरुले पनि खोपका बारेमा नराम्रो कुरा भन्न थालेपछि त्यसले अरु प्रयोगकर्ताहरुको ध्यानाकर्षण गराएको थियो । यही कुरालाई नियन्त्रण गर्ने काममा फेसबुकले काम गरिरहेको छ ।