नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले केन्द्रिय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गर्ने बताएको हो ।
नीतिमा भनिएको छ, ‘विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रिय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिनेछ ।’
त्यस्तै राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरूमा कर्जा आवेदनदेखि स्वीकृत गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएको छ ।
आईसीटी समाचार