कीवर्डहरू -

टि-मोबाइलका १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा ह्याक भएको आशंका 

टि-मोबाइलका १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा ह्याक भएको आशंका 

अमेरिकाको टि-मोबाइलले धेरै ग्राहकको डेटा ब्रिच भएको आरोपलाई अनुसन्धान गरिरहेको छ । कम्पनीले मदरबोर्डलाई अन्डरग्राउण्ड फोरमको एक जना सदस्यले यो डेटा ब्रिचको दावी गर्दै १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा डार्क वेबमा बेच्ने धम्की दिएको छ ।

१० करोडभन्दा बढी टि मोबाइल प्रयोगकर्ताको सामाजिक सुरक्षा नम्बर र डिभाइस आईएमईआई नम्बर जस्ता विवरण ब्रिच भएको जनाइएको छ । अहिलेका लागि ह्याकरले ३ करोड प्रयोगकर्ताहरुको डेटा डार्क वेबमा बेच्ने बताएका छ ।

अरु डेटा प्राईभेट च्यानेलको मार्फतले विक्री गरिने बताइएको छ । यसभन्दा पहिले पनि सन् २०१९ मा ह्याकरहरुले ग्राहकहरुको निजी जानकारी सार्वजनिक गरिदिएका थिए । यो दोस्रो त्रैमासिकमा टि मोबाइलको १० करोड ४७ लाख ग्राहक रहेका छन् ।