कीवर्डहरू -

एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात

एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात

एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न दिनेछ । न्यूरोप्रोस्थेटिक हरेक वर्ष एकदमै विकास हुँदै गईरहेको छ ।

एमआईटीले साङ्भाई जिओ टोङ विश्वविद्यालयसँग सहकार्य गरेर ५०० डलर पर्ने न्यूरोप्रोस्थेटिक निर्माण गरेका छन् । यसमा प्रयोग अघि हातैले बनाइएको ईकोफ्लेक्स नामक इलास्टोमिटरमा हावा भरिएको हुनुपर्छ ।

यो डिभाइसमा विद्युतीय मोटर हुने गर्दछ । जुन हावा भरिएर बलुन जस्तै रहेको औँलाहरुलाई फोल्ड गर्न दिन्छ । यसले केही कुरालाई समाउन सहज बनाउने गर्दछ ।

डिभाइसले प्रयोगकर्ताले त्यो उपकरणलाई कसरी प्रयोग गर्न चाहेको छ भनेर डिकोड नामक सफ्टवेयर प्रयोग गरेर बुझ्ने गर्दछ । डिकोडले मस्तिष्कले चोट लागेको हातमा पठाएको ईएमजी सिग्नललाई अनुवाद गर्ने गर्दछ । यो डिभाइसको तौल ०.२३ किलोग्रामको रहेको छ । महसुस गराउनका लागि उपकरणले प्रेसर सेन्सर प्रयोग गर्ने गर्दछ ।

प्रयोगकर्ताले केही कुरा छुदाँ वा खुम्चाउँदा नचल्ने हातमा डिभाइसले विद्युतीय सिग्नल पठाउने गर्दछ । यसलाई कसरी चलाउने भनेर सिक्न पनि धेरै समय नलाग्ने बताइएको छ ।

१५ मिनेटमै दुई जना स्वयंसेवकले पेन प्रयोग गरेर कसरी लेख्ने र अरु काम कसरी गर्ने भनेर सिकेका थिए । यसलाई अझै कम मूल्यमा पनि बनाएर बेच्न सकिने निर्माताले बताएका छन् ।