सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘प्रोमोटिङ ग्लर्स इन आईसिटी’ भन्ने विषयमा ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यसमा २२ वर्षसम्मका छात्राहरुले सहभागी हुन पाउनेछन् । यसका लागि सहभागीहरुले विद्यार्थी परिचयपत्र वा नागरिताको प्रतिलिपी बुझाउनुपर्ने हुन्छ । ग्राफिक डिजाइनहरु आगामी ८ सेप्टेम्बरसम्म पठाइसक्नुपर्छ ।
डिजाइनको एसपेक्ट रेसियो ६४० X ४८० पिक्सेलको हुनुपर्छ र रिजोल्युसन ३०० रेस/ डिपिआईको हुनुपर्ने आयोजकले जनाएको छ । फाइल साइज ८ एमबी भन्दा कम साइजको हुनुपर्नेछ । विजेताले प्रमाणपत्र र विभिन्न नगद पुरस्कार पनि पाउनेछन् ।
डिजाइनहरु यहाँ क्लिक गरेर पठाउन सकिन्छ । रजिस्ट्रेसनका लागि यहाँ क्लिक गर्नुहोस् । थप जानकारीका लागि यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।