असुसले आफ्नो आरओजी गेमिङ फोन सिरिजलाई क्वालकमको पछिल्लो नयाँ मोबाइल प्रोसेसरले अपडेट गरेको छ । यसमा स्न्यापड्रागन ८८८ प्लस फाइभ जी चिपसेट प्रयोग गरिएको छ । यो प्रोसेसर यसअघि साओमी एमआई मिक्स फोरमा प्रयोग भईसकेको छ ।
क्वालकमले पहिले नै असुस, भिभो, अनर र मोटोरोलालाई साझेदारको रुपमा चिनाईसकेको थियो । यसमा २० प्रतिशतले एआई परिमार्जज गरिएको कम्पनीले दावी गरेको छ ।
आरओजी गेमिङ फोन ६.७८ इन्च १४४ हर्ज डिस्प्लेका साथ आउने गर्दछ । यसमा ६ हजार एमएएच ब्याट्री पनि रहेको छ भने तीन ओटा रियर क्यामेरा छन् । यसको मेन सेन्सर ६४ मेगापिक्सेलको रहेको छ । यो फोनको मूल्य एक लाख २७ हजार ९ सय ७८ रूपैयाँ तोकिएको छ ।