कीवर्डहरू -

सबै नागरिकलाई छिटो राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन

सबै नागरिकलाई छिटो राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय परिचयपत्र छिटोभन्दा छिटो वितरण गर्नुपर्ने बताएको छ ।

शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा छिटोभन्दा छिटो सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक सेवा प्रवाहमा नागरिकको विवरण सरकारका सबै निकायमा दिनुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गरी एउटा निकायमा रहेका नागरिकको विवरणहरू अर्को निकायले प्रयोग गर्ने गरी छिटो भन्दा छिटो सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुपर्दछ ।’