कीवर्डहरू -

स्वदेशी सफ्टवेयर कम्पनीलाई विश्वास गर्ने बेला आएको छ

स्वदेशी सफ्टवेयर कम्पनीलाई विश्वास गर्ने बेला आएको छ

उमेश रघुवंशी, सिइओ, इन्फोडेभलपर्स प्रालि

सबैभन्दा ठूलो सेवाग्राही सरकार

नेपालमा सूचना प्रविधिको प्रयोगलाई मात्र महत्व दिइएको छ । यसको उद्योग बनाउन चासो दिइएको छैन । अब साच्चिकै समृद्ध नेपाल बनाउनु छ भने सूचना प्रविधिसँग सम्बन्धित ज्ञानमा आधारित वस्तु र सेवाको विकास गर्न तत्तपरता देखाउनुपर्ने हुन्छ । अर्कोतर्फ आइटीको सबैभन्दा धेरै उपभोक्ता सरकार हो । तर, सरकारले आफूसँग भएका प्रविधिको समेत राम्ररी प्रयोग गरिरहेको छैन । अहिले पनि आन्तरिक राजस्व विभाग र अन्य केही निकायबाहेक अरुमा सफ्टवेयर र अरु प्रविधिको प्रयोग लथालिगं छ । सरकारले नीति के ल्याउनु पर्यो भने प्रोजेक्ट ल्याइसकेपछि यसको पूर्ण रुपमा कार्यान्व्यन हुनैपर्छ ।

स्वदेशी कम्पनीमा विश्वास बढाउनुपर्छ

नेपालमा अहिले पनि धेरै हदसम्म बाहिर (विदेश)कै सफ्टवेयर प्रयोग गरिन्छ । यसमा दुखद पक्ष पनि छ, सुखद पक्ष पनि छ । कतिपय अवस्थामा महत्वपूर्ण सफ्टवेयर बनाउन कम्पनीहरु असमर्थ भएका हुन सक्छन् । तर, यहाँ निरुत्साहित गर्ने काम पनि बढी भइरहेको छ । नेपालीहरुलाई सफ्टवेयर बनाउनै आउदैन भन्ने धारणा विदेशीको छ । ए क्लासका अधिकांश बैंकहरुले बाहिरकै सफ्टवेयर गरिरहेका छन् । यसले गर्दा करोडौं रुपियाँ बाहिर गइरहेको छ । यो दृश्य हामीले यही मार्केटमा हेरेर बस्नुपरेको छ । तर यहाँका कम्पनीहरुले बाहिरका कम्पनीहरुका प्रोजेक्ट गरिरहेका छन् ।

\"\"

सहकार्यको भावना आवश्यक

एउटा आइटी कम्पनीलाई समस्या पर्दा अर्को कम्पनीले खुच्चिगं मान्ने संस्कार यहाँ देख्छि । क्यान जस्ता संस्थाहरुले पनि यसप्रति ध्यान दिएनन् । हामीले ६ वर्षअघि सोर्सकोड चोरीको पीडा खेप्यौं । अहिले अरु कम्पनीहरुले पनि यस्ता समस्याहरु भोग्न थालेका छन् । जो पिडीत कम्पनी हो, उसलाई मात्र थाहा हुन्छ । हामीले सोर्स कोड मुद्धामा उच्च अदालतसम्म जित्यौं । क्लेम गरेअनुसार क्षतिपूर्ती पाएनौं । हामी अहिले एक्लै लडिरहेका छौं । दशौं लाख खर्च भइसकेको छ ।

नयाँ उद्यमीलाई बढावा

आइटीका नयाँ नयाँ कामसहित नयाँ उद्यमी आइरहेका छन् । उनीहरुलाई यही क्षेत्रमा बिजनेश गर्ने वातावरण आउन सकेको छैन । मेरो विचारमा ५ वर्षसम्म ट्याक्स होली डेको व्यवस्था गरिदिने हो भने नयाँलाई प्रोत्साहन मिल्ने थियो, विदेशी लगानी भित्रिन्थ्यो र कम्पनीहरुको दर्ताको दायरमा आउने थिए ।

\"\"

हरेक क्षेत्रमा सूचना प्रविधि

हाम्रो सानो मार्केट छ । अवसर थोरै छन् । प्लेयर धेरै छन् । वास्तवमा आइटी सबै क्षेत्रका लागि अनिवार्य छ । प्रत्येक क्षेत्रमा अवसर हुनुपर्यो । प्रतिष्पर्धा हुनुपर्यो र उनीहरुले आइटीको प्रयोगमा जोड दिनुपर्यो । अहिले सरकारले आफ्ना काम कारबाहीमा कम्प्युटराइजड गर्ने भनेको छ । यसर्थ आइटीको प्रयोग उच्च हुनेवाला छ । अर्कोतर्फ हाम्रो यस्तो शिक्षा हुनुपर्यो जसले खाडी मुलुक पठाउने होइन, नेपालमै उद्यमशीलता अपनाउन सक्ने र नेपाली बजारको आवश्यकताअनुसार काम गर्न सक्ने जनशक्ति विकास गरोस् ।