खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु. १५०० सम्मको आकर्षक क्यासब्याक पाउने भएका छन्।
भदौ ७ गतेदेखि सुरु भइ सिमित अवधिको लागि संचालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ ।
खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।
नेपाली बजारमा गरिने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रबन्धक पवल खरेलले बताए ।
कसरी तिर्ने प्रिमियम ?
- खल्ती एप लगइन गरि ‘इन्स्योरेन्स’आइकन मा ट्याप गर्ने
- ‘नेपाल लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने
- अब सम्पुर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ मा क्लिक गर्ने
- अन्त्यमा ‘पेमेन्ट’ अप्सन छानी भुक्तानी गर्ने