कोरोना भाइरसको कारणले लाखौँ बालबालिकाहरू पढाइबाट बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले निःशुल्क नेपाली वणर्माला २ डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ ।
एपमा बालबालिकाहरूको लागि व्यजन वर्ण, चित्र बनाउन, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदि राखिएको छ ।
‘नेपाली वणर्माला नेपाली बाल-बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो,’ फेस्ट कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द्र सोडारीले भने, ‘यो एपले बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ ।’
यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल—बालिकाहरूको ध्यान केन्द्रित गराई, बाल—बालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने कम्पनीले जनाएको छ ।
नेपाली वर्णमाला एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनीका संस्थापक तथा सिइओ विक्कि महतले जानकारी दिए । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वणर्मालामा सात सूचीहरू समावेश गरिएका छन ।
पाठशालामा व्यन्जनवर्ण, स्वर वर्ण, संख्या पहिचान, रंगहरुको पहिचान, महिना र हप्ताबारहरु, ऋतुहरु, ध्वनि पहिचान समावेश गरिएको छ ।
खेलमा चित्र बनाउने, एक चित्र एक अक्षर खेल्ने खेल, ध्वनि सुनेर र भन्ने खेल त्यस्तै दुरदर्शनमा ज्ञान विज्ञानका भिडियो , मेरो डाक्टर सम्बन्धि भिडियो , हस्त कला सम्बन्धि भिडियो आदी समेटेर बनाइएको छ ।
फेस्टले विशेष गरी शिक्षा क्षेत्रमा काम गरिरहेको छ । नेपाली वणर्माला एप विभिन्न भाषामा पनि अपडेट गरिने जनाइएको छ ।