कीवर्डहरू -

अब एप्पल वाचले गर्नेछ तपाईको मेटाबोलिजम ट्रयाकिङ

अब एप्पल वाचले गर्नेछ तपाईको मेटाबोलिजम ट्रयाकिङ

एप्पल वाचमा ल्युमेनको मेटाबोलिजम ट्रयाकिङ एप आवद्ध भएको छ । ल्युमेन भनेको क्राउड फण्डिङ उपकरण हो जसले सास लिएको तरिकाको भरमा तपाईको मेटाबोलिजमलाई विश्लेषण गर्ने गर्दछ । यही कम्पनीले एप्पल घडीका लागि एप सार्वजनिक गर्ने भएको छ ।

यसले प्रयोगकर्तालाई के र कति खानुपर्छ भन्ने कुरालाई ध्यान दिन सहयोग पुर्‍याउँनेछ । यसमा सजिलै तपाईले खाना खाएपछिको परिणाम आफ्नो हातमा लगाएको घडीबाट हेर्न सक्नुहुन्छ । यो प्रणालीले तपाईको मेटाबोलिजमलाई याद गरेर कहिले खानुपर्छ र कति खानुपर्छ भनेर पनि सुझाव दिने गर्दछ ।

तपाईले कति क्यालोरी खानुभयो भनेर पनि यस प्रणालीले बताउने गर्दछ । यसले तपाईका लागि खानाको रूटिन पनि बनाइ दिनेछ । यस वाचको मूल्य  २३ हजार ६ सय १८ पर्ने गर्दछ । यो प्रयोग गर्न थालेपछि जीवनकै एक भाग बनिदिने निर्माताले बताएका छन् ।