कीवर्डहरू -

सिटीइभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने

सिटीइभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने

सिटिइभिटीले खुलाइएको प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने भएको छ ।

नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् ।

निजी विद्यालय बाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् ।

आगामी भदौ २३ गते सम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् । कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्तीका मर्चेन्ट एक्युजिसनका हरुन राईले बताए ।

छात्रवृत्ति आवेदन फारमको शुल्क कसरी तिर्ने ?

शुरूमा खल्तीको मोबाइल एप खोल्नुहोस् र खल्तीको होम पेजमा रहेको खल्ती बजारमा जानुहोस् । त्यसपछि ‘इन्ट्रान्स’ मा गएर सिटिइभिटी’ मा ट्याप गर्नुहोस् ।

अब सबै विवरण भरेर ‘प्रोसिड टु पे’ बटनमा थिच्नुहोस् । साथै आवेदकले सिटिइभिटीको आधिकारिक वेबसाइटबाट पनि छात्रवृत्ति फारम भरि शुल्क खल्ती बाट भुक्तानी गर्न सक्नेछन् ।