मुलुकमा विद्युुतीय भुक्तानीमा एनसीएचीद्धारा सञ्चालित कनेक्ट आईपीएसले ठूलो सफलता पाएको छ । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक वित्तीय विवरणअनुसार असार महिनामा कनेक्ट आइपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत वर्ष सोही महिनामा कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो ।
चालु आर्थिक वर्षभरीमा कनेक्ट आईपीएसको कारोबार वृद्धि भएको छ । वर्षको पहिलो महिना ४७ अर्ब ३६ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।