मोबाइल वालेटहरु डिजिटल भुुक्तानीमा निकै मिहिनेतसहित लागे पनि गत आर्थिक वर्षमा उनीहरुको कारोबार वृद्धि सामान्य भएको छ ।
गत आर्थिक वर्षभरीमा उनीहरुले २५ प्रतिशतको कारोबार वृद्धि गरेका छन् । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अन्तिम महिना असारमा मोबाइल वालेटको कारोबार १२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षभरीको सबैभन्दा धेरै हो ।
यो रकम अघिल्लो वर्षको सोही समयको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असार महिनामा वालेटबाट भएको कारोबार १० अर्ब २२ करोड २० लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षको पहिलो महिनामा ७ अर्ब ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा अन्तिम महिनामा पुग्दा १२ अर्ब ७९ करोड पुगेको हो ।