डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट पनि सवारी कर भुक्तानी गर्न सकिने भएको छ । इसेवाले आफ्नो एपमा सवारी नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।
बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्याबस्था सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र नवीकरण गर्ने सुबिधा सुरु गरेको थियो ।