कनेक्ट आईपीएसबाट अब सीटीइभीटीको छात्रवृत्तिको आवेदन फारमको शूल्क तिर्न सकिने भएको छ । सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरेर त्यसको शुल्क कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सक्नेछन् ।
निजी विद्यालय बाट एसईई/एसएलसी/टिएसएलसी अध्ययन गरी छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुनेछ भने शुल्क पनि फिर्ता नहुने सीटीईभीटीले जनाएको छ ।
छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् ।
विद्यार्थीले
यहाँ क्लिक
गरी छात्रवृत्तिको फारम भर्न सक्नेछन् भने शुल्क तिर्ने ठाउँमा कनेक्ट आईपीएस छनोट गरेर शुल्क तिर्न सकिने छ ।