अनलाइनबाटै आगामी सेप्टेम्बर १५ देखि १९ सम्म मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भएको छ ।
मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउन्टटेक सोलुसन प्रालिको सहकार्यमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि भर्चुअल वर्कशप आयोजना हुने भएको हो ।
शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गर्दै भदौ ३० गतेदेखि असोज ३ गतेसम्म वर्कशप आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धि राष्ट्रिय वर्कशप सन् २०१८ बाट शुरू भएको थियो । चौथो संस्करणमा पनि हामी ८०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । देश तथा विदेशका विभिन्न शिक्षाविद र विषय विशेषज्ञहरूले वर्कशपमा तालिम दिनेछन् ।
यस वर्कशपमा शैक्षिक सहयोगीको रूपमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ र नेपाल खुला विश्वविद्यालय रहेका छन् ।
त्यस्तै प्रायोजकको रूपमा फ्युजमेसिन्स नेपाल, ट्रिलिफ र पास्कल कलेज रहेका छन् । यसका साथै अन्य शैक्षिक संस्था र औद्योगिक संस्थाहरु जोडिने क्रम पनि जारी रहेको आयोजकले जनाएको छ ।
यस वर्कशपका मुख्य आकर्षण ४ किनोट सेसन, विभिन्न देशबाट २४ बढी गेष्ट स्पीकर, मेसिन लर्निङ र डेटा साइन्सको आधारभूत तालिम, १० बढी गाइडेड प्रोजेक्ट, ३ प्यानल डिस्कसन, पोष्टर प्रिजेन्टेसन, नेटवर्किङ रहेका छन् ।
यो कार्यक्रमको शुल्क ५०० रूपैयाँ राखिएको छ । कार्यक्रम हरेक दिन बिहान ७ बजे देखि बेलुका ६ बजेसम्म संचालन हुनेछ । यसमा सहभागी हुनेले प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।
यस वर्कशपमा सहभागी हुन्
यहाँ क्लिक
गरी रजिष्टर गर्नुहोस् । कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारी पाउन
यहाँ क्लिक
गर्नुहोस् ।