कीवर्डहरू -

जागिर खोज्न \'पाइलाजब डटकम\' 

जागिर खोज्न \'पाइलाजब डटकम\' 

बिराटनगरको आइटी कम्पनी पाइला टेक्नोलोजिजले पाइलाजब डटकम सुरु गरेको छ । प्रदेश एकमा लक्षित गरिएको अनलाइन जबको सेवा नयाँ वर्षको उपलब्धमा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीहरुले आवश्यक भ्याकेन्सीको विवरण उपलब्ध गराएपछि कम्पनीले अनलाइन, सोसियल मिडिया र अन्य मिडिया मार्फत विज्ञापन गरि उपयुक्त व्यती जागिरको लागि पठाउने छ । 

चआर म्यानेज्मेन्टमा काम गर्ने उदेश्य सहित सुरु भएको पाइला जबमा अहिले दर्जन बढि कम्पनीहरुको भ्याकेन्सी प्राप्त गर्न सकिन्छ । अहिले क्वालिफाइड ह्युमन रिसोर्सको अभाव भइरहेको अवस्थामा पुर्वको बजारलाइ लक्षित गरेर कम्पनीले सेवा सुरु गरेको हो । 

म्पनीले विभिन्न तालिमहरु समेत सञ्चालन गर्दै बजारको डिमाण्ड अनुसार कर्मचारी उपलब्ध गराउने प्रवन्ध निर्देशक पर्वतराज झाले बताए । अहिले दैनिक १० भन्दा बढि भ्याकेन्सीहरु आइरहेको उनले जानकारी दिएका छन । अनलाइन मार्फत जागिर खोज्नेले बायोडेटाहरु समेत पठाउन सक्नेछन । कम्पनीहरुले आवश्यक पदको लागि अनलाइनबाटै रजिस्ट्रर गरि सेवा लिन सक्नेछन ।