कीवर्डहरू -

अब अनलाइनबाटै प्रहरी प्रतिवेदन प्रमाणीकरण, यसरी दिनुहोस् अनलाइन आवेदन 

अब अनलाइनबाटै प्रहरी प्रतिवेदन प्रमाणीकरण, यसरी दिनुहोस् अनलाइन आवेदन 

कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको छ । विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भदौ १३ गते आईतबारदेखि अनलाइनबाटै हुने विभागले जानकारी दिएको हो ।

अनलाइनबाट प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि आवेदन दिन शुरूमा यहाँ क्लिक गरेर स्क्रोल गर्नुहोस् । त्यसपछि अन्तिममा देखिएको सानो कोठामा ठिक चिन्ह लगाउनुहोस् र नेक्स्ट गर्नुहोस् । यति गरेपछि क्याप्चा राखेर अगाडि बढ्नुहोस् । अनि तपाईको विवरण, कागजात राखेर आवेदन पठाउन सकिने छ ।

अनलाइनबाट फारम भर्दा राखिएको मोबाइल नम्बरमा आवेदन स्वीकृत भएपछि म्यासेज आउनेछ । म्यासेज आएपछि यहाँ क्लिक गरी राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था विभागले गरेको छ ।

कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिकरूपमा पनि राजश्व दाखिला गर्न सकिने छ ।

राजस्व दाखिला गरेको भौचर वा प्रहरी प्रतिवेदन रंगीन प्रतिसहित बिहान १० देखि २ बजेसम्म आफै वा आफैले निवेदनमा तोकेको व्यक्ति उपस्थित हुनुपर्नेछ ।

कागजात लिन आउँदा नागरिकताको प्रमाणपत्र वा फोटोसहितको परिचय खुल्ने कागजात सहित विभागमा जानुपर्ने छ ।

\"\"