वीर अस्पतालमा पुनः टोकन प्रणाली लागु भएको छ । करिब २ वर्षअघि बन्द भएको टोकन प्रणाली सोमबारबाट पुनः लागु गरिएको हो ।
टोकन प्रणाली लागु भएसँगै अब उपचारका लागि टिकट लिन लामोसमय लाइन लाग्नुपर्ने बाध्यता अन्त्य भएको छ । जसले गर्दा विरामीलाई पनि सहज हुनेछ ।
वीर अस्पतालले विरामीको ल्याब रिपोर्ट इमेल तथा मोबाइलमै ल्याब पठाउने पनि तयारी गरेको छ । मोबाइलमै ल्याब रिपोर्ट आउने व्यवस्था भएपछि रिपोर्ट अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।