चिनियाँ ब्याट्री निर्माता कम्पनी एसभिओएलटीले विद्युतीय गाडीको पावर प्याक कोबाल्ट मुक्त बनाउने भएको छ । यातायात क्षेत्रले ग्रिन हाउस ग्यासको उत्पादनमा सबैभन्दा बढि योगदान पुर्याउने गर्दछ ।
यही वातावरण सुरक्षाका लागि हामी विद्युथिय गाडी तर्फ अघि बढदै छौँ तर विद्युतिय गाडीको ब्याट्री मा वातावरणलाई क्षति पुर्याउने कोबाल्ट हुने गर्दछ । कोबाल्टको उत्खननमा पनि बाल श्रम र वातारणलाई हानी पुर्याइने हुँदा चिनियाँ ब्याट्री निर्माताले विद्युतीय गाडीको पावर प्याक कोबाल्ट मुक्त बनाउने भएको हो ।
चेङडु मोटर शोमा एसभिओएलटीले ८२.५ किलोवाट प्रति घण्टाको क्षमता भएको पावर प्याकको प्रस्तुती गरेको थिए । साधारण तापक्रममा ब्याट्रीले एकचोटिको चार्जमा ३७३ माइल दूरी चल्न दिने कम्पनीले बताएको छ र पाँच सेकेण्डमै सून्य देखि ६० माइल प्रति घण्टा जान सक्छ ।