कीवर्डहरू -

कहाँ पढ्ने बिएससी सिएसआइटी ​​​​​​​ ?

सबै कलेजको विवरण सहित 

कहाँ पढ्ने बिएससी सिएसआइटी ​​​​​​​ ?

नेपालमा अहिले स्वदेशि विश्वविद्यालयदेखि विदेशी विद्यालयका विभिन्न आइटि कार्यक्रमहरु अध्ययन अध्ययापन भइरहेको छ । नयाँ पुस्तामा आइसिटी शिक्षातर्फ आकर्षण बढ्दो छ । बिएससी सिएसआइटी, बिइ, बिसिए, बिआइटी, बिसिआइएस, बिएससी आइटीलगायतका थुप्रै आइटी कोर्षहरु अध्ययन÷अध्यापन भइरहेका छन् । यस्ता आइटी कार्यक्रमहरुका आ—अफ्नै विशेषताहरु रहेका छन् । लिभिङ विथ आइसिटी यस अंकमा विशेषतः बिएससी सिएसआइटी शैक्षिक कार्यक्रम र अन्य कोर्सहरुको बारेमा पनि विद्यार्थीलाई जानकारी दिने प्रयास गरेको छ ।

\"\"

के हो बिएससी सिएसआइटी ( BSc CSIT ) ?
बिएससी सिएसआइटी ( Bachelors of Science in Computer Science and Information Technology ) त्रिभुवन विश्वविद्यालयले ल्याएको चार वर्षे शैक्षिक कार्यक्रम हो । आठ ओटा सेमिस्टरमा अध्यापन गराइने विएससी सिएसआइटी त्रिभुवन विश्वविद्यालयले नेपालमा पहिलो पटक भित्र्याएको सेमिस्टर कार्यक्रम हो । नेपालमा हाल ५३ वटा कलेजहरुमा यो कार्यक्रम अध्यापन भइरहेको छ ।


त्रिभुवन विश्वविद्यालयअन्तरगतको इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीले वि.सं. २०६४ सालमा  डिजाइन गरेको थियो । अमेरिका, अस्ट्रेलियालगायतका प्रसिद्ध विश्वविद्यालय तथा संस्थाहरुले यो कोर्स डिजाइन गर्न सहयोग गरेका थिए ।


। यस कार्यक्रममा पनि कम्प्युटर इन्जिनियरिङमा जस्तै कम्प्युटर सिस्टम, एप्लिकेशन, प्रागामिङजस्ता विषय पढाइ पाइन्छ । कम्प्युटर साइन्स र आइटीलाई ब्लेन्ड गरेर १२६ क्रेडिको कोर्स डिजाइन गरिएको छ । सिएसआइटीमा हार्डवेयरको कुरा थोरै मात्र गरिन्छ । ७० क्रेडिट आवरभन्दा बढी कम्प्युटर साइन्सको कोर्स छ । नेपालमा सबैभन्दा  बढी पढाइहुने कोर्सको रुपमा बिएससी सिएसआइटी रहेको छ ।


विएससी सिएसआइटी आइटी (इन्फर्मेशन टेक्नोलोजी) संबन्धित कार्यक्रम मात्र हैन । यसमा कम्प्युटर साइन्सको पक्षलाई अझ बढी जोडिएको छ । यसर्थ यसले कम्प्युटर साइन्समा कम्प्युटर एप्लिकेशनहरु कसरी प्रयोग गर्ने भन्दा पनि रिसर्चमा जोड दिदै यसका सिद्धान्तहरु र प्रविधिमा जोड दिने गर्दछ । यसर्थ विएससी सिएसआइटी मुख्यतयाः रिसर्चमा आधारित कार्यक्रम हो । हाइ टेक्नोलोजी एप्लिकेशनहरुको आवश्यकतालाई पूरा गर्न यो कोर्स अगाडि आउदछ ।

यस शैक्षिक कार्यक्रमले लेक्चरवाहेक प्रशस्त मात्रमा प्रोजेक्ट वर्क र प्राक्टिकल वर्कहरुमा जोड दिएको छ । कम्प्युटर साइन्स र आइटी दुबैका आधाभूत सिद्धान्तहरुबारे विद्यार्थीलाई ज्ञान दिदै यस्ता सिद्धान्तलाई कसरी वास्तविक समस्याहरुको समाधान खोज्ने भन्ने तर्फ व्यवहारिक जोड दिन्छ । आइटी इन्डस्ट्रीमा देखिएका जटिल समस्याहरको समाधान गर्न सक्ने जनशक्ति यो कार्यक्रमले तयार पार्ने लक्ष राखेको छ । कम्प्युटर प्रोफेसनल तथा आइटी इस्पेशलिस्ट दुबैलाई आवश्यक पर्ने ज्ञान बिएससी सिएसआइटीले प्रदान गर्दछ ।

\"\"
अध्ययनका लागि योग्यता ( Eligibility )
बिएससी सिएसआइटी अन्ययन गर्न निम्न योग्यताहरु पूगेको हुनुपर्दछः

१. विद्याथीले साइन्स संकाय लिएर प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यत दिने अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्ल्स टु सरहको अध्ययन पूरा गरेको हुनुपर्दछ ।
२. प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्दछ ।
३. त्रि.वि.ले लिएको इन्ट्रान्स परीक्षामा कम्तिमा ३५ प्रतिशत अंक ल्याइ उत्तिर्ण गरेको हुनुपर्नेछ ।
४. सम्पूर्ण एप्लिकेशन प्रक्रिया पूरा गरेको हुनुपर्नेछ ।
(नोटः प्लस टु तहमा बायोलोजी र म्याथम्येटिक्स दुबै समुहका विद्याथीहरु पनि यो कोर्स अध्ययनका लागि योग्य हुनेछन् ।)

कोर्ष÷पाठ्यक्रमको विवरण ( Course Detail/ syllabus details _
बिएससी सिएसआइटी १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम हो जसमा ७५ क्रेडिट आवर कम्पयुटर साइन्सको लागि, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर न्याचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेज्मेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपको लागि छुट्याइएको छ ।


विद्यार्थीको मूल्यांकन ग्रडिङ सिस्टम (जिपिए) मा गरिन्छ । छैटौँ सेमिस्टरसम्म विद्यार्थीहरुलाई बढी कोर्समा जोड दिइन्छ भने सातौँ सेमिस्टरमा उनीहरुले १०० पूर्णाङ्कको मेजर प्रोजेक्ट गर्नु पर्दछ  जसमा उत्तिर्ण हुन ४० अंग ल्याउनु पर्ने हुन्छ । यसैगरी, आठौँ सेमिस्टरमा विद्यार्थीले २०० पूर्णाङ्को लागि इन्टर्नशिप गर्नुपर्ने हुन्छ जसमा पास हुन ८० अंक ल्याउनु पर्ने हुन्छ ।

सातौँ सेमेस्टरको सफ्टवेर प्रोजेक्ट म्यानेज्मेन्ट ( CSC-408 ) अन्तरगत ३ घण्टाको थिअरी र ३ घण्टाको प्राक्टिकल हुन्छ जुन १०० पूर्णाङ्कको हुन्छ । यसमा ६० अंक बोर्ड परीक्षा, २० अंक इन्टरर्नल इभ्यालुएशन र २० अंक प्रोजेक्ट इभ्यालुएशनको लागि छुट्याइएको हुन्छ । उत्तिर्ण हुनको लागि जम्मा ४० अंक (बोर्ड परीक्षामा \"\" २४ अंक, इन्टरनल इभ्यालुएशनमा ८ अंक र प्राक्टिकल इभ्यालुएशनमा ८ अंक) ल्याउनुपर्दछ ।


सातौँ र आठौँ सेमेस्टरमा रहेका सबै विषयहरु ३ घण्टाको थिअरी र ३ घण्टाको ल्याब रहेकोको हुन्छ  जुन १०० पूर्णाङ्कको हुन्छ । यसमा पनि ६० अंक बोर्ड परीक्षा, २० अंक इन्टरर्नल इभ्यालुएशन र २० अंक प्रोजेक्ट इभ्यालुएशनको लागि छुट्याइएको हुन्छ । उत्तिर्ण हुनको लागि जम्मा ४० अंक (बोर्ड परीक्षामा २४ अंक, इन्टरनल इभ्यालुएशनमा ८ अंक र प्राक्टिकल इभ्यालुएशनमा ८ अंक) ल्याउनुपर्दछ ।


कोर कम्प्ुटर साइन्ससिहितका इलेक्टिभ कोर्सहरुले गर्दा यस शैक्षिक कार्यक्रमलाई हाइ टेक्नोलोजी एप्लिकेशनका आवश्यकताहरुलाई पूरा गर्न सहयोग गर्दछ । यसमा रहेका आधारभूत कोर्स र सम्बन्धित कोर्सहरु एकाडेमिक कार्यक्रमको अवश्यकतालाई पूरा गर्ने हिसबबाट डिजाइन गरिएको छ भने सर्भिस कोर्सहरु मार्केटको डिमान्ड र परिवर्तनशिल कम्प्युटर टेक्नोलोजी र एप्लिकेशनको डिमान्डलाई पूरा गर्ने हिसाबले डिजाइन गरिएका छन् ।

कहाँ पढ्ने ?

\"\"