कीवर्डहरू -

१६ हजारभन्दा बढी पोर्न साइट बन्द 

१६ हजारभन्दा बढी पोर्न साइट बन्द 

सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता साइटमाथि बन्देज लगाएको छ ।


सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता साइट पुर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो । मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो ।


उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ ।

\"\"
अहिले प्राय अधिकांश आइएसपीहरुले पोर्न साइट खोल्दा नेपाल दुरसंचारको निर्देशन भन्दै संदेश राखेका छन् । लाखौको संख्यामा रहेका यस्ता पोर्न साइटहरु पूर्णरुपमा बन्देज गर्न सजिलो भने छैन ।

स्रोत - नेपाल समाचारपत्र