ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ सम्ममा पूर्ण रुपले विद्युतिय गाडीको निर्माण मात्रै गर्न थाल्ने भएको छ । कोरियन कम्पनी ह्युन्डाईले बजारको अरु कम्पनी भन्दा विद्युतीय गाडीमा एकदमै धेरै लगानी गर्दै आएको छ र त्यही कारणले अरु विद्युतीय गाडी निर्माण गर्ने कम्पनीहरु भन्दा धेरै अघि पनि रहेको छ ।
त्यही विषयलाई जारी राख्दै ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि निर्माण हुने हरेक गाडी विद्युतिय मोडेलको हुने बताएको छ । कम्पनीले सन् २०३० सम्ममा ८ ओटा विद्युतिय गाडीको मोडेल तयार पार्ने र वार्षिक रुपमा ४ लाख विद्युतिय गाडी विक्रि गर्ने लक्ष्य राखेको छ ।
यसमा प्लग इन गर्ने प्रणाली भने हुदैँन् । कम्पनीले डुअल फ्युलको योजना रोखेको छ जसमा लिथियम आयन सेल रहेको ब्याट्री र हाईड्रोजन फ्युल सेल प्रविधि राखेर विद्युतिय गाडी चल्नेछ । जिभी ६० जेनेसिस पहिलो विद्युतिय गाडी हुनेछ ।