कीवर्डहरू -

क्रिप्टोकरेन्सीमा १२ वर्षीय बेन्यामिनको सफलता, करोडौं कमाउन थाले 

क्रिप्टोकरेन्सीमा १२ वर्षीय बेन्यामिनको सफलता, करोडौं कमाउन थाले 

नन फन्जिबल टोकन (एनएफटी)ले आजभोलि चर्चा पाइरहेको छ । आफ्नो कामलाई डिजिटाइज गर्न सुरु गरिएको एनएफटी अहिले डिजिटल सामाग्री खरिद र विक्रि गर्नेहरुका लागि राम्रो लगानी गर्ने अवसर बन्दै गइरहेको छ ।

एनएफटी डिजिटल एसेट हो जुन ईमेज, अडियो र केही ट्वीटको रुपमा पनि हुन सक्छ । यसले मूल सृष्टिकर्तालाई आफ्नो कन्टेन्टमा ब्लकचेनमा विक्रि गर्न दिन्छ । यसमा विशेषगरी क्रियटरहरुले इथेरियम विक्रि गर्ने गर्दछन् र पुनः विक्रि भएमा सेकेण्डरी बजारबाट फाइदा पनि लिन सक्छन् । इथेरियम भनेको आफ्नै क्रिप्टोकरेन्सी भएको ब्लकचेन प्लेटफर्म हो ।

यही क्रममा बेन्यामिन एहमद नामक १२ वर्षीय बालकले एनएफटी कलेक्सन बनाएर एकै दिनमा १०६ ओटा ईथर कमाएका छन् । उनले ‘वियर्ड वेल्स’ नामक एनएफटी कलेक्सन बनाएका छन् । उनको कलेक्सनमा एकदमै चम्किलो रङ्गको ब्याकग्राउण्डमा वेलको पिक्सेल इमेज बनाएका छन् ।
नौ घण्टामै उनको कलेक्सन विक्रि भएपछि रमाइलो गर्न गरेको काम फाइदा हुने प्रोजेक्टमा परिणत भएको थियो ।

बिहीबार एउटा ईथरको ३ लाख ५५ हजारमा कारोबार भइरहेको थियो जसको अर्थ उनले पुरै कारोबारबाट करिब ३ करोड ७६ लाख कमाएका छन् । उनको अहिलेसम्म बैंक अकाउन्ट पनि छैन् जसले गर्दा उनीले अहिले रकम क्रिप्टोमानै राखेका छन् ।

‘बोरिङ बनाना’ देखि ‘वियर्ड वेल्स’सम्मको यात्रा

‘वियर्ड वेल्स’ एहमदको एनएफटी बनाउने दोस्रो प्रयास हो । उनले सुरुमा फोटोसपमा आर्टवर्क बनाएर सुरु गरेका थिए, जसलाई पछि उनले एनएफटीमा परिणत गर्ने गर्दथे । ४० ओटा ईमेज बनाएपछि उनले यसले धेरै समय र मिहिनेत लिइरहेको थाहा पाए र आफ्नो बुवा इमरान एहमदसँग पाइथन स्क्रीप्टको मद्दतले एनएफटी बनाउने सजिलो तरिका सिके ।

उनको बुवा लन्डन स्टक एक्सचेन्जमा वेब इन्जिनियरिङ प्रमुख हुन् । उनले नै बेन्यामिनलाई कोड कसरी गर्ने भनेर सिकाएका हुन् । उनले एनएफटीमा अझै अध्ययन गर्न थाले र ‘बोरिङ बनाना’ भेटयाए जुन पनि एक एनएफटी कलेक्सननै हो ।

‘बोरिङ बनाना’ ले निकालेकै कोड प्रयोग गरेर बेन्यामिनले ३,५५० ओटा ‘वियर्ड वेल्स’ बनाउन सक्षम भए । ‘बोरिङ बनाना’को डिजिटल अन्वेषणको सदस्य, भीले एहमदलाई एनएफटी कलेक्सन बनाउनका लागि कोड पठाईदिएका थिए ।

उनले त्यसलाई आफ्नो तरिकाले कस्टोमाईज गरे र  आफ्नो ट्वीटर अकाउन्टको मार्फत कसरी गरेको भनेर प्रक्रिया सेयर गरे । उनले १२ वर्षमै आफूले यस्तो गर्न सकेको भनेर ट्वीट गरे र त्यसलाई ‘बोरिङ बनाना’ ले पनि ट्वीट गरिदिएको थियो ।

‘बोरिङ बनाना’ को धेरै फलोअर भएको कारणले बेन्यामिनको विक्रिमा वृद्धि भएको थियो । उनले ‘वियर्ड वेल्स’ इथेरियम ब्लक चेनमा जुलाई १९ मा सार्वजनिक गरे र नौ घण्टा भित्रै सबै विक्रि भएको थियो । उनले आफ्नो प्रोजेक्टको न्यूनतम मूल्य ०.०२५ राखेका थिए किनभने धेरै जसो प्रोजेक्ट ०.०८ इथेरियममा विक्रि भईरहेको थियो  र उनले अरुभन्दा कम मूल्य राखेर राखिदिए ।

उनको बुवाले हामीले सुरुमा एक दुई ओटा मात्रै बेच्न सक्छौँ होला त्यही भएर निराश नहुनु भनेर सम्झाईरहेका थिए र उता उनको सबै एनएफटी विक्रि भयो । उनीले अझै पनि मूल सृष्टिकता भएको नाताले कमिसन स्वरुप लाभ कमाईनै रहेका छन् । उनले २.५ प्रतिशत कमिसन लिने गरेका छन् र अहिलेसम्म १००० इथेरियम पुनः विक्रि भईसकेका छन् ।

कोड गर्न सिक्ने प्रक्रिया :

कोडिङले गर्दा अत्यन्तै सफता देखिसकेता पनि एहमदका लागि यो एक रोजगार नभएर शौकको रुपमा मात्रै रहेको छ । उनको बुवा आफिसबाट घरआएपछि कहिलेकाहीँ घरमा पनि कोड गर्ने गर्दथे । उनी र उनको भाइले बुवालाई हेरिरहन्थे र यतिकैमा उनको बुवाले दुवैका लागि ल्यापटप ल्याईदिएर कोडिङ सिकाउन थाले ।

दुवै भाइहरु त्यसमा एकदमै रुची राख्ने गर्दथे र उनको बुवाले २० वर्ष पछि तिमीलाई मैले कोडिङ सिकाएको भनेर धन्यवाद भन्नछौ भनेर एहमदलाई जिस्काउने गर्थे । तर यो कुरा पूर्ण हुन २० वर्ष भन्दा धेरै कम समयनै लाग्यो ।

कतै घुम्त जादाँ पनि बेन्यामिन र उनको भाइ बेलुका ल्यापटपमै बसेर कोडिङ गर्न रुचाउने गर्दथे । यो व्यवसायिक हुन्छ भनेर एहमद परिवारले कल्पना गरेका थिएनन् र यसलाई सिकाई प्रक्रियाको रुपमा मात्रै लिएका थिए ।

बेन्यामिनको बेनोनी भनेर युट्युब च्यानेल पनि रहेको छ जहाँ उनले कोड वार्स नामक गेमको माध्यमले आफ्नो कोडिङ यात्रा सेयर गर्ने गर्दछन् । उनले सदैव आफूले चाहेको कुरालाई मात्रै पछ्याउनुपर्छ भनेर विश्वास गर्ने गर्दछन् ।