कीवर्डहरू -

२५ हजार भन्दा तलको मूल्यका राम्रा स्मार्टफोनहरु

२५ हजार भन्दा तलको मूल्यका राम्रा स्मार्टफोनहरु


नेपालमा २५,००० देखि ३५,००० को मूल्यमा रहेको स्मार्टफोनहरु लोकप्रिय भएको देख्न सकिन्छ । यसै गरी २०१८ मा लन्च भएको २५ हजार सम्मको मूल्य भएको केही फोनहरु तल दिएको छ ।


साउमी एमआई ए२ लाईट
एप्रिलमा लन्च भएको यो फोन ५.८४ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा ३ जीबी÷४ जीबी ¥याम र ३२ जीबी÷६४ जीबीको स्टोरेज रहेको छ । यसमा १२ एमपी र ५ एमपी मुख्य क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ४००० एमएएच ब्यट्रि रहेको छ । निलो, कालो र सुनौलो रङ्गमा बजारमा उपलब्ध रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । यसको नेपाली मूल्य  ३ जीबी ¥याम र ३२ जीबीको स्टोरेजको रु.२०,९९९ रहेको छ । त्यस्तै ४ जीबी ¥याम र ६४ जीबीको स्टोरेजको रु.२४,४९९ रहेको छ ।


सामसुङ ग्यालेक्सी जे७ डुव
यो स्मार्टफोन पनि एप्रिलमा लन्च गरीएको र यस फोनको ५.५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा ४ जीबी ¥याम र ३२ जीबीको स्टोरेज रहेको छ । यसमा १३ एमपी र ५ एमपी मुख्य क्यामेरा र ८ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ३००० एमएएच ब्यट्रि रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । यसको नेपाली मूल्य  ४ जीबी ¥याम र ३२ जीबीको स्टोरेजको रु.२२,००० रहेको छ ।


आपो ए३ एस
जुलाईमा लन्च भएको यो फोन ६.२ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा २ जीबी ¥याम र १६ जीबीको स्टोरेज रहेको छ । यसमा १३ एमपी र २ एमपी मुख्य क्यामेरा र ८ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ४००० एमएएच ब्यट्रि रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । यसको नेपाली मूल्य रु.१९,००० रहेको छ ।

\"\"

साउमी रेडमी ५ प्लस
फ्रेबरीमा लन्च भएको यो फोन ५.९९ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ७.१ नगेट अपरेटिङ सिस्टम रहेको छ । यसमा ३ जीबी÷४ जीबी ¥याम र ६४ जीबी÷३२ जीबीको स्टोरेज रहेको छ । यसमा १२ एमपी मुख्य क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ४००० एमएएच ब्यट्रि रहेको छ । यसमा हाइब्रिड नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । भदसल इमपेक्स प्रा.ली. ले यसको नेपाली मूल्य ३ जीबी ¥याम र ३२ जीबीको स्टोरेजको रु.२०,९९९ राखेको छ । त्यस्तै ४ जीबी ¥याम र ६४ जीबीको स्टोरेजको रु.२४,४९९ राखेकोे छ ।


हुवाई वाई९ (२०१८)
मार्चमा लन्च भएको यो फोन ५.९३ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा ३ जीबी र ३२ जीबीको स्टोरेज रहेको छ । यसमा १६ एमपी÷२ एमपी डुअल मुख्य क्यामेरा र १३ एमपी÷२ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ४००० एमएएच ब्यट्रि रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । यसको नेपाली मूल्य रु.२७,५०० रहेको छ तर सस्तो डिलमा यसको मूल्य २१,५०० रहेको छ ।


साउमी रेडमी६
जुनमा लन्च भएको यो फोन ५.४५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा ३ जीबी÷४ जीबी ¥याम र ३२ जीबी÷६४ जीबीको स्टोरेज रहेको छ । यसमा १२ एमपी र ५ एमपी मुख्य क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ३००० एमएएच ब्यट्रि रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । यसको नेपाली मूल्य  ३ जीबी ¥याम र ३२ जीबीको स्टोरेजको रु.१६,४९९ रहेको छ । त्यस्तै ४ जीबी ¥याम र ६४ जीबीको स्टोरेजको रु.१८,४९९ रहेको छ ।


साउमी रेडमी ६ ए
जुनमा लन्च भएको यो फोन ५.४५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड ८.१ ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा २ जीबी ¥याम र १६ जीबीको स्टोरेज रहेको छ । यसमा १२ एमपी र मुख्य क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा रहेको छ । यसमा ३००० एमएएच ब्यट्रि रहेको छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ । यसको नेपाली मूल्य रु.१२,००० रहेको छ ।
त्यस्तै अन्य नेपाली बजारमा २५००० भन्दा तलको मूल्यमा आउने स्मार्टफोनहरु सोनी एक्सपिरीया एल १, एचटिसी डिजायर ६५०, जेडटिइ ब्लेड ए२ प्लस, नोकिया २, जेडटिइ ब्लेड एल५ प्लस जस्ता अन्य पनि रहेको छन् ।